तपाईँ सुन्दै हुनुहुन्छः

विप्लव समुहका युवा सङ्गठनका जिल्ला सचिव कैलालीबाट पक्राउ

टीकापुर कैलाली । कैलाली प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको युवा सङ्गठनका जिल्ला सचिवलाई पक्राउ गरेको बताएको छ ।

शुक्रवार कैलालीको टीकापुरबाट ‘विप्लव’ नेतृत्वको युवा सङ्गठनका जिल्ला सचिव प्रकाश खड्कालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

खड्काको साथबाट चन्दा सङ्कलन भएका दुई ठेली रसिद, पार्टीका पर्चा पम्पलेट र बिभिन्न व्यक्तिबाट चन्दा सङ्कलन गरिएको टिपोटसहितको एउटा डायरीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button