तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सांसदमाथि आक्रमण

झापा । झापा क्षेत्र नम्बर ४ ‘ख’ का प्रदेससभा सदस्य सांसद् हिराकुमार थापामाथि आक्रमण भएको छ ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहनुभएका थापामाथि गएराती साँझ ८ बजे आक्रमण भएको हो ।
हिजो कनकाई बहुमुखी क्याम्पसको क्याम्पससभा थियो । क्याम्पससभा लम्बिएर राती ८ बजेसम्म संञ्चालन भएको थियो ।

सो सभाले प्रकाश चुडालको नेतृत्वमा रहेको क्याम्पस संञ्चालक समिती अबैधानिक भएको निर्णय गरेपछि माईन्युटिङको क्रममा एक समुह हलभित्र प्रवेश गरि थामामाथि आक्रमण गरेको बताईएको छ ।

कनकाई बहुमुखी क्याम्पसमा केही महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा हिजो पौष १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति गरेपछि विवाद मिलेको थियो । तर क्याम्पसमै सभाअध्यक्षमाथि हातपात र माइन्युट खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ ।

यता नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले माननीय थापामाथि भएको आक्रमण र माइन्युट लुट्ने क्रियाकलापको भत्सर्ना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button