तपाईँ सुन्दै हुनुहुन्छः

सिरियामा हवाई आक्रमण : ३५ हजार सर्वसाधरण विस्थापित

ऐजेन्सी । सिरियाली विद्रोही समुहको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा विगत दुई हप्ता देखि जारी सिरियाली सरकार र रुसी सेनाको संयुक्त हवाई आक्रमणका कारण दुई लाख ३५ हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएको, संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सिरियाली विद्रोही समुहको अन्तिम गढ मानिएको दक्षिणी इडलिबमा मध्ये डिसेम्बर देखि जारी रुसी आक्रमणका कारण उक्त स्थान खालीझैं भएको राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघ र फ्रान्स, टर्की जस्ता देशको पहलमा गत अगस्टमा गरिएको युद्धविराम पश्चात पनि सिरियाली सरकार र रुसले दक्षिण इडलिबमा आक्रमण जारी राखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button