तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन कार्यालय प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवल, रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेल र तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ट्रायल परीक्षामा अनुपस्थित भएका ७१ जनालाई रिजल्टमा पास भएको भनी निर्णय गरी फेल भएकाहरुलाई लाइसेन्स दिएको पाइएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button