तपाईँ सुन्दै हुनुहुन्छः

घिसिङ र डा. रुइत सम्मानित

भुवनप्रसाद आचार्य । उपराष्ट्रपति नन्दबहादुर पुनले साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन महाप्रवन्धक हेमबहादुर मल्लको स्मृतिमा स्थापित हेमबहादुर मल्ल सम्मानबाट कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मानित गर्नु भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा नेपाल जनप्रशासन संघले आज काठमाडौमा आयोजना गरेको सम्मान सम्पर्ण कार्यक्रममा उपराष्ट्रपति पुनले आर्थिक वर्ष २०७३ को सम्मानबाट नेपाल विद्युत प्रधिकरणका महाप्रवन्धक कुल मान घिसिड. र आर्थिक वर्ष २०७४ को सम्मानबाट नेपालका ख्याती प्राप्त नेत्र चिकित्सक डा. सुन्दुक रुइतलाई सम्मान गर्नु भएको सम्मानको राशि जनही २ लाख रुपैया रहेको छ ।

सम्मान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सबै कर्मचारी र जिम्मेवारी प्राप्त व्यक्तिले कुलमानले जस्तै कर्तव्यनिष्ठ र इमान्दार भएर जिम्मेवारी निर्वाह गरेको खण्डमा मुलुकको विकास र प्रगति छिट्टै हुनसक्ने बताउनु भयो ।

उहाँले सरकारी विभिन्न जिम्मेवारीमा भएका व्यक्तिहरुले इमान्दार भएर आआफ्नो भूमिका पुरा गरेको खण्डमा नेपाल आर्थिक रुपले सम्वृद्ध हुन पनि समय नलनग्ने बताउनु भयो ।

मुलुकमा बढदो व्यापार घाटा कम गर्न आगामी दिनमा नेपालीहरुले ग्याँस र पेट्रोलको साटो विद्युतको प्रयोगलाई बढाउनु पर्नेमा पनि जोड दिनु भयो ।

कार्यक्रममा सम्मानीत डा. सून्दुक रुईतले नेपालको विकास र प्रगतीमा नेपाली प्रशानसनको महत्वपूर्ण भूमिका रहेकोले नेपाली प्रशासन नयाँ मनोबलका साथ अघि बढनु पर्नेमा जोड दिनु भयो ।

त्यसै गरी सम्मानीत अर्का व्यक्तित्व नेपाल विद्युत प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले आगामी ३ वर्षमा सबै नेपालीको घरघरमा विद्युतको पहूँच पुर्याउने नेपाल सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न प्रधिकरणले काम अघि बढाएको र गत वर्ष मात्र प्रधिकरणले ७ अर्ब नाफा गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल जनप्रशासन संघका संस्थापक अध्यक्ष प्रा.डा चुडाराज उप्रेतीले घिसिड र रुईतले नेपालमा विकासको क्षेत्रमा नयाँ प्रवृति स्थापना गरेकोले घिसिङलाई ‘प्रकाश’ र र रुईतलाई ‘ज्योती’ को उपमा दिनु भयो ।

कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मान्धरले कर्पोरेशन देशभरका नेपाली बीच आयोडिनयुक्त नुन र देशै भर दैनिक उपभोगका विभिन्न वस्तुको बिक्रि वितरण गरी जनताको सेवामा जुटेको बताउनु भयो ।

२०५९ सालमा स्थापना भएको हेमबहादुर मल्ल सम्मानबाट यसअघि राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न १३ जनालाई प्रदान गरिसकिएको छ ।

सम्मान छनौट समितिका संयोजक पूर्व सचिव कृष्णहरि बाँस्कोटाले मुलुकलाई लोडसेडिङमुक्त तुल्याउन खेलेको भूमिको उच्च मूल्यांकन गर्दै घिसिङलाई र आँखा उपचारमा अतुलनीय योगदान गरेको कार्यको उच्च मूल्यांकन गर्दै आँखा विशेषज्ञ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मानका लागि छनौट गरेको जानकारी दिनु भयो ।

हेमबहादुर मल्ल २०२० सालमा साल्ट ट्रेडिङको सेवामा प्रवेश गरी ३४ वर्ष सेवा गरेर २५ वर्षसम्म महाप्रबन्धक नै रहेर संस्थानको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योगदान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button