तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुरा प्रहार गरी श्रीमतीको हत्या

भद्रपुर, झापा । झापाको शिवसताक्षी नगरपालिका– ६ बस्ने बुधराम मुर्मुले छुरा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

४० वर्षीय मुर्मुले श्रीमती ३९ बर्षीया फङके किस्कु मुर्मुको बिहीबार राति हत्या गरेका हुन् ।

भारतको डिगलबैंक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका–६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका उनीहरुबीच वादविवाद हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकोमा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा राति नै किस्कुको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

बुधरामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button