तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते


मकवानपुर । मकवानपुरको भिमफेदी कुलेखानी सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मुत्यु हुने तीन जनाको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको र उनिहरूलाई उपचारको लागि हेटौंडा ल्याउदै गरेको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button