तपाईँ सुन्दै हुनुहुन्छः

संकटा र जाउलाखेल युथबीचको खेल बराबरीमा सम्पन्न

काठमाडौमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटाले जाउलाखेल युथ क्लवसँग बराबरीमा चित्त बुझाएको छ ।

दशरथ रंगशालामा भएको खेलमा संकटाले जाउलाखेलसँग एक एक गोलको बराबरी खेल्यो । खेलको ३६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्न सफल भए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका हुन ।

पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले दोस्रो हाफमा गोल फर्काउन सफल भयो । उसका लागि खेलको ७२ औं मिनेटमा ड्याडी जुनीयरले गोल गरे ।

जसका कारण संकटा बराबरीमा पुग्नुपर्यो । जारी लिगमा संकटाको यो पहिलो बराबरी हो । योसँगै उसकाले तीन खेलमा चार अंक भएको छ ।

अर्को खेलमा मनाङ मस्र्याङदीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लगातार तीन खेलमा जित निकाल्दै मनाङ फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई एक शुन्य गोल अन्तरले हरायो । मनाङको जितमा जगजित श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । खेलको २५ औं मिनेटमा जगजित श्रेष्ठले मनाङका लागि गोल गरेका थिए ।

७४ औं मिनेटमा मनाङ १० खेलाडीमा झर्न पुग्यो । उसका एकराज बुढाथोकीले ब्रिगेड ब्याइजका खेलाडीलाई फल गरेपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि पनि ब्रिगेड ब्याइजको यो दोस्रो हार हो । व्रिगेड ब्याइजका तीन खेलमा तीन अंक रहेको छ । मनाङको तीन खेलमा नौ अंक भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button