तपाईँ सुन्दै हुनुहुन्छः

मोड्लिंङ गराउने भन्दै एक युवतीलाई भारतमा बलि दिन लाने गिरोहका सात जना पक्राउ

काठमाडौँ । मोड्लिंङ गराउने भन्दै एक युवतीलाई भारतमा बलि दिन लाने गिरोहका सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा अभियुक्तहरुलाई बिराटनगरबाट यही पौष ७ गते राती ९ :३० बजे नियन्त्रणमा लिई पिडित युवतीलदाई समेत उद्धार गरेको जनाएको छ ।

उक्त गिरोहले मोड्लिंङका लागि कपडा किन्ने बहानामा भारतको जोगवनी हुँदै विहारको एक मन्दिरमा लगि तान्त्रिक पुजाको लागि युवतीलाई बलिदिने योजना बनाएको प्रहरीको अनुसन्धानमा खुलेको महानगरीय प्रहरीले जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा विराटनगरका ५१ वर्षिय दिलिप पोदार मुख्य योजनाकार रहेको र अन्य नवलपरासीका कावासोतीका २६ वर्षिय कृष्ण तामाङ, राजविराजका ४० वर्षिय उमेश शाह रहेका छन ।

त्यसैगरी दाङ घोराहीका २४ वर्षिय दिलकुमारी बुढामगर, सप्तरी सप्तकोशीका ३५ वर्षिय उमेश माझी, धादिङ खनियावासका २३ वर्षिय प्रेमा तामाङ र सुनसरी मधेलीका ३७ वर्षिय रन्जित कुमार चौधरी रहेको महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button