तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रहरी हूँ’ भन्दै सेट बोकेर धम्क्याउने पक्राउ

काठमाडौं । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए ।

उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट ९वाकीटकी० बरामद गरेको छ । अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button