तपाईँ सुन्दै हुनुहुन्छः

हतियारधारी समूहको आक्रमणमा परी १ सय २२ जनाको मृत्यू

उत्तरी बुरकिना फासोमा हतियारधारी समूहको आक्रमणमा परी ३५ सर्वसाधारण सहित १२२ जनाको मृत्यु भएको छ । आक्रमणमा सात जना सैनिक र ८० आक्रमणकारी मारिएका जनाइएको छ । मारिने सर्वसाधारणहरु अधिकांश महिला रहेका बताइएको छ ।

युद्दग्रस्त माली र निजेरको छिमेकमा रहेको बुरकिना फासोमा विगत ५ वर्षदेखि उक्त प्रकारका आक्रमणहरु जारी रहेका र आक्रमणमा परी हालसम्म सयौंको संख्यामा सर्वसाधारण मारिएका बताइएको छ ।

यसैगरी, उत्तर पश्चिम सिरियाको एक स्कुलमा भएको क्षेप्यास्त्र आक्रमणमा परी ५ बालबलिका सहित ८ जनाको मृत्यु भएको छ ।

विद्रोही समूको पकडमा रहेकोे अन्तिम क्षेत्र मानिएको इदलिब प्रान्तमा भएको उक्त आक्रमण सिरियाली सरकारले गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button