तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका स्थानिय तहद्धारा विपद् व्यवस्थापन समिति गठनमा ढिलाई

पाल्पा हरेक स्थानिय तहहरुले विपद् व्यवस्थापन समिति बनाउनु पर्ने व्यवस्था भएपनी पाल्पाका धेरैजसो स्थानिय तहहरुले समिति गठन गरेका छैनन् ।

बाढी पहिरो, भूकम्प, आगलागी, महामारी, दुर्घटना, हावाहुरी, असिना जस्ता विपद्को जोखिम भएपनी पाल्पाका स्थानिय तहहरुले विपद् व्यवस्थापन समिति गठन नगरेका हुन् ।

तानसेन नगरपालिकाका कार्यपालिका सदस्य भीमबहादुर कुमालको संयोजकत्वमा गठन भएको वातावरण तथा विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि काम गरिरहेको छ ।

संघीय सरकारले पठाएको निर्देशिकामा नगरप्रमूखको संयोजकत्वमा प्रमूख जिल्ला अधिकारी, राजनीतिक दल, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेनाको प्रतिनिधित्व हुनेगरि विपद व्यवस्थापन समिति बनाउनुपर्ने व्यवस्था छ । तर निर्देशिका ढिलो आउँदा समिति गठन गर्न बाँकी छ । निर्देशिका ढिलो आएकाले नीति र उद्धार टोली बनाउन ढिलाइ भएको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक कुमालले बताउनुभयो ।

विशेष उद्धार टोली बन्न नसके पनि अहिले नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी र स्थानीय बासिन्दाको सहयोगमा विपद्का बेला उद्धारको काम भने भइरहेको कुमालको भनाई छ ।

नगरपालिकामा अहिले ८ जना नगर प्रहरी कार्यरत छन् । नगर प्रहरीले २०७२ सालको भूकम्पमा साविकको नगरपालिका भित्र क्षतिको विवरण संकलन गर्ने, प्रभावितहरुलाई क्षति भएअनुसारको कार्ड वितरण गर्नेदेखि अहिले नगरभित्र आईपरेका अन्य विपद्हरुमा दक्षताअनुसार काम गरिरहेको नगर प्रहरी प्रमूख जयप्रकाश उप्रेतीले बताउनुभयो । तर विपद्का बेला उद्धार गर्न जाने नगर प्रहरीलाई नै सुरक्षा सामग्रीको अभाव छ । सीमित श्रोतसाधानका बाबजुत पनि नगर प्रहरीले अन्य निकायसँग सहकार्य गरेर विपद् व्यवस्थापनको काम गरिरहेको नगर प्रहरी प्रमूख उप्रेतीको भनाइ छ ।

विपद् व्यवस्थापन तथा उद्धारका लागि नगरपालिकाले गरेको काममा नागरिकको चित्त बुझेको छैन । कतिपयले त नगरपालिकाले गरेको कामका विषयमा थाहै पाएका छैनन् । अनि कसैले त नगर प्रहरी छ भन्ने सम्म पनि थाहा पाएका छैनन् । उद्धार टोली नहुँदा र उद्धार सामग्री चुस्त नहुँदा विपदका बेला धेरै सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button