तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाईकल यात्रुको मृत्यु

डडेल्धुरा । डडेल्धुरा सदरमुकामबाट एक किलो मिटर दुरीमा रहेको भीमदत्तराजमार्ग अन्र्तगत चालिसे मोडमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बझाङ तर्फ जाँदै गरेको महाकाली यातायात बसले बिपरित दिशाबाट आईरहेको मोटरसाईकललाई आज दिउसो ठक्कर दिदाँ मोटरसाईकलमा सवार अमरगढी नगरपालिका वडा नं.११ का २० बर्षिया भरत बोहराको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरिक्षक देबराज खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनाबाट मोटरसाईकल चालक गन्यापधुरा गाउपालिका वडा नं.३ का १९ बर्षिय महेश ठगुन्नाको अबस्था गम्भिर रहेको र उनको डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी अन्यत्र रिफर गरिएको प्रहरी नायब निरिक्षक खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button