तपाईँ सुन्दै हुनुहुन्छः

भारतसँगको सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्नुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको बिशेष समयमा सांसदहरुले समसामयिक बिषयमा धारणा र सरकारसंग प्रश्न गर्नुभएको छ ।

सांसद खिमलाल भट्टराईले सरकारले सुशासनसहित जनताका पक्षमा काम गरिरहेको दावी गर्दै भारतसँगको सीमा विवाद कुटनीतिक तरिकाले समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद बद्रि पाण्डेले भारतसंगको सीमा बिवाद समस्या सुल्झाउनु सरकारले के गरिरहेको छ सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद बिमला पौडेलले सडक दुर्घटना न्युनिकरणका लागि राष्ट्रिय सडक सुरक्षा परिषद गठनको माग गर्नुभयो ।

सांसद राधेश्याम अधिकारीले नेपाल ट्रस्टको सम्पत्तीबारे बिवादास्पद समाचार बाहिर आउदा पनि सरकारको प्रतिकृया नआउनुले सरकारको शङ्कास्पद व्यवहार रहेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट शहरी बिकास मन्त्रीले नीति अनुसन्धान प्रतिष्ठान बिधेयक २०७६ सभा समक्ष प्रस्तु गर्नु भएको थियो ।

राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय बिकास प्रतिष्ठान र राजश्व चुहावट बिधेयक टेबुल गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी पुष १० गते ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button