तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचनमा आगामी माघ ९ गते हुने,११ दलले भाग लिने

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ११ राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगमा ११ दलले दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, निवेदन दिने दलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रहेका छन्।

निर्वाचनमा सहभागिताका लागि नेपाली जनता दल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले निवेदन दिएको आयोगले जनाएको छ ।

संविधानअनुरुप निर्वाचन आयोगमा दर्ता कायम रहेका दललाई राष्ट्रियसभा सदस्य निर्वाचनका निवेदन दिन आयोगले गत मङ्सिर २७ गते नै सूचना जारी गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button