तपाईँ सुन्दै हुनुहुन्छः

चाबहिलमा विद्यार्थीले जलाए बस, चावहिल क्षेत्र तनावग्रस्त

काठमाडौं । पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार(आज) विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्यार्थीले बस जलाएका हुन् । घाइते विद्यार्थी पन्तको उपचार भइरहेको प्रहरीले जनाएको छ ।विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका छन् । आक्रोशित विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको अवस्थासमेत सिर्जना भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button