तपाईँ सुन्दै हुनुहुन्छः

३ केजी गाँजा सहित २ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले ३ किलो २४ ग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही ५ गते १३ः५० बजे लमजुङबाट काठमाण्डौ आउदै गरेको बा २ ख १०२८ नम्बरको माइक्रोबसलाई नागढुङगा चेकप्वाईन्टमा चेकजाँच गर्दा धादिङ गजुरी गाँउपालिका ८ का दिपेश ढुङगानाले लुकाई छिपाई ल्याएको १ किलो ७ सय ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

यसै गरी यही ५ गते १७ः५० बजे धादिङबाट काठमाण्डौ आउदै गरेको बा ६ प ३४६३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा ललितपुर महानगरपालिका ३ का केदार महर्जनको साथबाट १ किलो ३२४ ग्राम गाँजा बरामद गरेको छ । दुबै घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button