तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रौं रमेश विकल स्मृति दिवस : विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने महानुभावहरुलाई सम्मान

फाइल तस्बिर

काठमाडौँ । रमेश विकल साहित्य प्रतिष्ठानले बाह्रौं विकल स्मृति दिवसका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पु¥या उनुहुने महानुभावहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा सताब्दी पुरुष सत्यमोहन जोशीले सम्मानीत व्यक्तिहरुलाई सम्मान एवम् पुरस्कार प्रदान गर्नुभयो ।

सताब्दी पुरुष जोशीले ३० हजार रुपैयाँ नगदसहित रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ साहित्यकार एवम् पत्रकार भैरव रिसाल, १५ हजार रुपैयाँ नगद सहित रमेश विकल सुशीला समाज सेवा पुरस्कार समाजसेवी सुदर्शन सिग्देल र १० हजार रुपियाँ नगदसहितका रमेश विकल सृजना पुरस्कार किशोर पहाडी, रमेश विकल बालसाहित्य पुरस्कार प्राध्यापक डाक्टर ध्रुव घिमिरे, रमेश विकल सुशीला सङ्घर्षशील नारी सेवा पुरस्कार रेणु शर्मा उप्रेती र रमेश विकल सङ्गीत पुरस्कार शिशिर योगीलाई प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button