बैतडीमा प्याराग्लाइडिङको सफल परिक्षण
बैतडी । बैतडीको पाटन र दोगडाकेदारमा प्याराग्लाइडिङको सफल परिक्षण गरिएको छ ।
बैतडी एमेजिङ एड्भेन्चर प्रा.लि.ले पाटनको जोलाबाँ देखि एयरपोर्टसम्म र दोगडाकेदारको सिल्लेगाडादेखि खोलासम्म सफल पक्षिण गरिएको हो ।
बैतडीमा परिक्षण सफल भएकाले अबको दुई हप्ता भित्रै ब्यवसायीक रुपले प्याराग्लाइडिङ सञ्चालन गरिने प्रालिका सस्ंथापक कृष्णप्रशाद जोसीले बताउनुभयो ।
‘पर्यटन बर्ष-२०२०’ लक्षित गर्दै प्याराग्लाईडिङ सञ्चालन गरिन लागेको उहाँले बताउनुभयो । अबको १५ दिनमै सुरुमा बैतडीको पाटन र त्यसपछि अन्य ठाउँहरुमा समेत टिकेट काटेर प्याराग्लाईडिङका माध्यमबाट उड्न पाइने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्