तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राइनोज विजयी

काठमाडौं । पोखरा प्रिमियर लिगमा पारस खड्काको कप्तानीमा रहको चितवन राइनोजले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शुक्रबार भएको खेलमा चितवनले धनगढी ब्लुजलाई ५२ रनले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

जवाफमा धनगढी ब्लुज २० ओभरमा ८ विकेट गुमाउँदै एक सय २९ रनमा रोकियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button