तपाईँ सुन्दै हुनुहुन्छः

रोटरी भद्रपुरद्वारा भद्रपुरका पाँचजनालाई ह्वील चियर वितरण

झापा, भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले झापाको भद्रपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने पाँचजनालाई ह्वील चियर वितरण गरेको छ ।

रोट्रयाक्ट क्लव अफ भद्रपुरसमेतको सहकार्यमा शुक्रबार भद्रपुरको कृष्ण होटल परिसरमा शारीरिक अपाङ्गता भएका पाँचजनालाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ह्वील चियर वितरण गरिएको हो ।

क्लवका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठले भद्रपुर १० की विनिता थापा, भद्रपुर–२ की गंगामाया राई, भद्रपुर–३ का लक्ष्मण गणेश, भद्रपुर २ का विकास क्षेत्री र भद्रपुर–७ की सावित्रा राजवंशीलाई ह्वील चियर वितरण गर्नुभयो ।

क्लवका सचिव विनोद चापागाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रोटरीले सामाजिक क्षेत्रमा गरिरहेको रचनात्मक क्रियाकलापको प्रशंसा गर्नुभयो भने आर्थिक अभावका कारण ह्वील चियर किन्न नसकेर सकसपूर्ण जीवन बाँचिरहेका शारीरिक अपाङ्गता भएका परिवारले रोटरी भद्रपुरलाई धन्यवाद दिए ।

ह्वील चियर रोटरी डिष्ट्रिक्टले उपलब्ध गराएको अध्यक्ष ढकालले जानकारी दिनु्भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button