तपाईँ सुन्दै हुनुहुन्छः

संसद अधिबेशन सुरु, अर्को बैठक पुस ११ गते बस्ने

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बैठकको अध्यक्षता गर्नुभएकी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा निधन भएका ४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभाको बैठकले २०५१ सालमा तत्कालिन नेकपा एमालेको तर्फबाट संखुवासभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हरि बैरागी दाहाल, २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित सदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा नेकपा एमालेको तर्फबाट धनुषा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट भक्तपुर जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य रामेश्वर ढुंगेलको निधनमा छुट्टाछुट्टै शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।

साथै राष्ट्रियसभाको बैठक पनि आजैदेखी शुरु धएको छ ।

राष्टपति बिधादेबी भण्डारीले मंसीर २५ गते संघीय संसदको हिउँदे अधिवेशन पौष ४ गतेकालागि आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button