तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै पहिलोपटक सबैभन्दा ठूलो ‘धार्मिक महोत्सव’ चितवनमा हुंँदै

चितवन । नेपालमै पहिलोपटक सबैभन्दा ठूलो र ऐतिहासिक धार्मिक महोत्सव चितवनको नारायणी नदी किनारमा हुने भएको छ ।

पशुपति मन्दिर व्यवस्थापन समिति भरतपुर महानगरपालिका वडा नम्बर २३, जगतपुरको आयोजनामा सो महोत्सव आउंँदो माघ ११ देखि फागुन ११ गतेसम्म हुन लागेको हो ।

नेपाल भ्रमणबर्ष २०२० लाई लक्षित गरी जगतपुरमा रहेको १२ विघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवको लागि गृहकार्य गर्न थालिएको छ । आयोजकका अनुसार उक्त धार्मिक महोत्सवमा १सय ८ कुण्डीय कोटीहोम, शैक्षिक, धार्मिक , सांँस्किृतिक तुलादान , माघीमेला महामहोत्सव एवं लीलामय अस्टोत्तरशत , श्रीमदभागवत धन धान्याञ्जल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ हुने बताइएको छ ।

जगतपुरमा बन्न लागेको सो क्षेत्रलाई बृहत धामको रुपमा विकास गर्ने, चितवनमै पहिलो आयूर्वेद शिक्षालय स्थापना गर्ने र क्यान्सर रोगबाट पीडित बिरामीलाई सहयोग गर्ने उद्धेश्यका साथ महोत्सव गर्न लागिएको महायज्ञका प्रमुख बाचक युवागुरु बालयोगेश्वरले जानकारी दिनुभयो । ‘यो नेपालमै पहिलोपटक र ऐतिहासिक धार्मिक महोत्सव हो, उहांँले भन्नुभयो , जगतपुरमा रहेको पशुपतिमन्दिरलाई विकास गरी बृहत धामको रुपमा विकास गर्नको लागि महोत्सवको आयोजना गरिएको हो ।’ उहांँका अनुसार एक महिनासम्म १सय ८ पण्डितद्धारा एक सय ८ हवनकुण्डमा बिभिन्न जडीबुटी सहित एक करोड २५ लाख मन्त्रजपद्धारा कोटीहोम, चारवेद, १८ पुराण, एक सय ८ श्रीमदभागवत महापुराण, तुलादान, पितृमोक्ष, २१ करोड दीपप्रज्ज्वलन गरिनेछ ।

यस्तै महायज्ञमा एकसय आठ तीर्थस्थलको जलसहित हेलिकप्टरबाट पुष्पवृष्टि,५१ सय कलश पुजन, ज्येष्ठ नागरिक पुजन, ज्येष्ठ नागरिक पुजन, लगायतका कार्यक्रम गरिने आयोजकले बताएको छ ।

पछिल्लो समय नेपाली समाजमा खस्किदै गएको नैतिक आचरण , अध्यात्मिक चेतना र मुल्य मान्यतलाई बोध गराउंँदै, अध्यात्मिक जागरण गर्ने, नैतिक शिक्षा प्रदान गर्ने र राष्ट्रिय भावना जागृत गराउनुका साथै धर्म , संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले पनि धार्मिक महोत्सवको आयोजना गर्न लागिएको प्रमुख वाचक बालयोगेश्वर महाराजले बताउनुभयो ।

महायज्ञको व्यवस्थापन र पूर्व तयारीको लागि पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको मातहतमा ऐतिहासिक कोटिहोम महायज्ञ मुल आयोजक तदर्थ समिति गठन गरिएको आयोजकले जानकारी दिएको छ । जसअनुसार संकल्पकर्तामा बालयोगेश्वर महाराजश्री , सदस्यहरुमा मनोज पुडासैनी , अर्जुन न्यौपाने, कल्पना खत्री , विक्रम कार्की,दिलीप न्यौपाने र श्रीकृष्ण न्यौपाने रहनु भएको छ ।

उक्त समितिले उक्त महोत्सव सम्पन्न गर्न कोटीहोम महायज्ञको मूल आयोजक समिति गठन गर्ने , १सय ८ वटा उपसमिति गठन गर्ने बताइएको छ । समितिले विभिन्न निकायहरुसंँग छलफल गरेर समन्वय गर्ने , प्रायोजकहरुको खोजी र छलफल गर्ने , स्थानीय जनप्रतिनिधि, संघसंस्था लगायतसँग समन्वय गरेर अगाडी बढ्नेछ ।

महोत्सवलाई भव्य रुपमा सफल पार्न देशभरबाट लाखौं भक्तजन आउने अपेक्षा आयो्जकको छ । उक्त महोत्सव सम्पन्न हुन ३ करोड देखि ५ करोड रुपैया सम्म खर्च अनुमान गरिएको छ । महोत्सबाट १० करोड रुपैयांँ सम्म दान संकलन हुने अपेक्षा गरिएको छ ।

वृहत धार्मिक धाम निर्माण सम्पन्न गर्न एक अर्ब भन्दा बढी खर्च लाग्ने र रकम संकलन समयमै भएको खण्डमा पांँचबर्ष भित्र बृहत धाम निर्माण कार्य सम्पन्न गरिने लक्ष्य लिइएको गुरु योगेश्वरले बताउनु भयो । धाममा विभिन्न धार्मिक मन्दिर, गुरुकुल, योगा कक्ष , आर्युवेद चिकित्सालय लगायतका संरचना निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button