तपाईँ सुन्दै हुनुहुन्छः

आगामी तीन दिनको मौसमबारे मौसम विभागले जारी गर्यो यस्तो सूचना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका आज शुक्रबारदेखि आइतबारसम्मको देशभरको मौसमसम्बन्धि सूचना जारी गरेको छ । विभागले जारी गरेको सूचनानुसार शुक्रबार नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायूको प्रभाव देखिएको छ ।

त्यसैगरी मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी भू–भागलगायत पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

शुक्रबार राती पश्चिम भेगका उच्च पहाडी –हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडि भू–भागका एक दुर्इ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

त्यस्तै, शनिबार देशको पश्चिमी भू–भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू–भागमा आंशिक वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडि–हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भु-भागका एक दुर्इ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

आइतबार भने देशको पूर्वी पहाडी भू–भागमा आंशिक वदलीको सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button