तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस सङ्गठन काठमाडौँले पायो पूर्णता

काठमाडौं । प्रेस सङ्गठन काठमाडौँले पूर्णता पाएको छ । प्रेस चौतारी र प्रेस सेन्टरको एकतापछि बनेको प्रेस सङ्गठन काठमाडौँ जिल्लाको संयोजकमा सागर पन्त र सहसंयोजकमा पुकार तिमल्सिना चयन हुनुभएको छ ।

सङ्गठनका प्रदेश नं ३ इन्चार्ज विश्वमणि सुवेदी, उपत्यका प्रदेश इन्चार्ज सुरोजङ्ग पाण्डे, उपत्यका प्रदेश सहसंयोजक प्रकाश सिलवालको आतिथ्यतामा बसेको बैठकले ४१ सदस्यीय कमिटीको टुङ्गो लगाएको हो ।

नवगठित समितिको सदस्यमा चन्द्रजित मोक्तान, अभिषेक अर्याल, सुमन अधिकारी, प्रेम नेपाल, गोकुल रत्न, नुरराज कँडेल, मीनबहादुर चलाउने, घनश्याम दाहाल ९जोन०, प्रदीप घिमिरे, बद्री न्यौपाने, सूर्यकुमार खडका, शङ्कर तिमिल्सिना, मीनाकुमारी यादव, दीपेन्द्र श्रेष्ठ, मनोज पराजुली, मोहनकृष्ण अधिकारी, दीपाएवाइ राई, रामेश्वर ढकाल, रमेश लामिछाने, पवित्रा मुडवरी रहनुभएको छ ।

यस्तै अर्जुन दाहाल, कमल राना, जिपी पौडेल, अमिर लामा, सुविन्द्र श्रेष्ठ, गङ्गा चौलागाइैं, सुशील पुरी, राजाराम न्यौपाने, उषा बजगाईँ, नवीन पोखरेल, सुभाष कुँवर, दीपक भुसाल, सरोज लामिछाने, अनिता श्रेष्ठ, विक्रम न्यौपाने, राजु सुवेदी, तीर्थमान वल, रामचन्द्र कार्की, सुनिल शाह सदस्यमा चयन हुनुभएको छ ।

शेर्पा सङ्घका अध्यक्षमा सोनामको उम्मेदवारी घोषणा

शेर्पा सङ्घको केन्द्रीय अध्यक्षका लागि ङवाङ सोनाम शेर्पाले उम्मेदवारी घोषण गर्नुभएको छ । शुक्रबारदेखि शुरु हुन लागिरहेको छैटौँ महाधिवेशनका लागि हालका महासचिव उहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । आज पत्रकार सम्मेलन गर्दै उहाँले उम्मेदवारी घोषणा गर्नुभयो । उहाँले काँग्रेस र सङ्घीय समाजवादी पार्टी निकटका दुई जनाले अध्यक्षका लागि उम्मेदवारी दिए पनि आफू स्वतन्त्र उम्मेदवार रहेको बताउनुभयो ।

उहाँले शेर्पा समुदाय सङ्ख्यात्मकरूपमा थोरै रहे पनि यो समुदायले पर्यटन व्यवसाय र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “पर्यटन वर्ष सफल पार्न हाम्रो समुदायले अहम् भूमिका खेल्दैछ”, उहाँले भन्नुभयो, “देश विकासमा योगदान पु¥याउन कहिल्यै पछि पर्ने छैनौँ ।” सङ्घका सल्लाहकार निमोतेनडुप शेर्पाले व्यावसायिक क्षेत्रमा शेर्पा समुदाय अघि रहे पनि, न्याय, प्रशासन र सुरक्षा निकायमा पछि पर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button