तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ आजको विनिमय दर (तालिकासहित)

काठमाडौं । नेपाली बजारमा साताको पाँचौं दिन आज (बिहीबार) कतारी रियालसहित केही देशको विनिमयदर सामान्य बढेको छ ।

नेपाल राष्ट्र बनले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ३९ पैसा र बिक्रिदर १४९ रुपैयाँ १७ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बनले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button