तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा सडक खाना महोत्सव गरिने

रासस । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल रुपन्देहीको लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ ।

लुम्बिनी होटल संघ नेपालले ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका छैटौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको हो ।

संघले बुधबारे सम्मेलन गरेर अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गर्न लागिएको महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटाली, जापानी लगायतका विभिन्न देशका खानाका परिकार राखिने संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा १०० वटा खानाका कक्ष रहने र स्थानीय खानाका परिकारहरुको छुट्टै कक्ष राखिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button