तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण

काठमाडौँ । नेपाली सेनालाई अमेरिकी सरकारले दुई वटा एम २८ स्काई ट्रक (विमान) हस्तान्तरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीले नेपाली सेनालाई उक्त जहाज हस्तान्तरण गर्नुभयो ।

समारोहमा प्रधानसेनापति पूूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुदै आएको तालिम र यस प्रकारका सहायताले दुई देशबीचको सम्बन्ध बिस्तारमा योगदान पुगेको बताउनुभयो ।

कार्यक्रममा राजदूूत बेरीले नेपालको आवश्यकता अनुुसार मानवीय सहायता अन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुर्याउने उद्दश्यले उपलब्ध गराइएको विमान दुई देशबीच सम्वन्ध सेतुका रुपमा रहने बिश्वास व्यक्त गर्नुभयो ।

नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी बिमानबाट महत्वपूर्ण योगदान पुग्ने छ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सवैभन्दा ठूलो सुरक्षा अनुदान हो ।

दुुइ हजार ३०० केजी भारवहन क्षमताका यी विमान २५ हजार फिटसम्मको उचाईमा उडान भर्नेछ । निकै शक्तिशाली इन्जिन जडान भएका यीे विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्ने छन् ।

उक्त विमान करिव १ करोड ५० लाख अमेरिकी डलरको अनुदानमा उपलब्ध गराईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button