तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा जिप पल्टिँदा घाइते भएका प्रहरी जवानको मृत्यु

बैतडी । बैतडीमा जीप पल्टिदाँ एक प्रहरी जवानको मृत्यू भएको छ । मृत्यू हुनेमा धनगढी घर भई हाल पुरघाट प्रहरीचौकी हाटमा कार्यरत सुदिप श्रेष्ट रहेका छन् ।

आज बिहान ढोल्यामोडबाट हाटका लागि छुटेको म. १ ज ३२९ नम्बरको जीप सनगाउँमा पल्टिदा श्रेष्ठले हाम फालेको र हामफाले कै ठाउँमा जिप पल्टिएकाले श्रेष्ठ गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यू भएको हो ।

पूरघाट प्रहरीचौकी इन्चार्ज मिनबहादुर सिंहका अनुसार चालक जिप रोकेर पिसाव फेर्न गएको बेला जीप १० मिटर सम्म आफै गुडर पल्टिएको हो । जीपमा १० जना यात्रुहरु सवार रहे पनि अरु यात्रुहरु भने सकुसल रहेका छन् । घटनापछि जिप चालक पूर्णान्द्र बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button