तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड सजाय

काठमाडौं ।  पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति एवम् पूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । नोभेम्बर ३, २००७ मा संकटकालको घोषणा गर्नुभएको मुद्दामा उहाँलाई दोषी ठहर गरिएको हो ।
पेशावर उच्च अदालतका मुख्य न्यायधीश सम्मिलित तीन सदस्यीय इजलासले मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरेको हो ।

उनले संविधानको अवहेलना र गम्भिर देशद्रोहको मुद्दाबारे उनले भने, ‘मेरो विचारमा यो मामिला निराधार छ । देशद्रोह त कुरै नगरौँ मैले त यो देशको धेरै सेवा गरेको छु, युद्धमा लडेको छु र दश वर्षसम्म देशको सेवा गरेँ ।’

लाहोरका उच्च अदालतका तीन सदस्सिय इजलतसले यो फैसला सुनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button