तपाईँ सुन्दै हुनुहुन्छः

प्रवासमा रहेका युवाद्वारा रकम  संकलन गरी  बर्षौ पुरानो कुवाको पुर्ननिर्माण  

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न.५ खलिगाडमा प्रवासमा रहेका युवाहरुले संकलन गरेको पैसाबाट बर्षौ पुरानो एक कुवा पुर्ननिर्माण भएको छ ।

भारतका बिभिन्न ठाउँमा बस्ने ४० जनाले आपसमा संकलन गरेको तीन लाखको लागतमा उक्त कुवा नयाँ डिजायनमा पुर्नः निर्माण गरिएको सिद्ध बडबाब सेवा निर्माण समितीका सचिव दशरथ दयालले बताउनुभयो । कुवा निर्माणका लागि आफुहरुले नै रकम संकलन गरी निर्माण कार्य सम्पन्न गरेको उहाँले बताउनुभयो ।

आफ्नो सुबिधाका लागि सरकारकै मुख ताक्ने प्रवृतिलाई चुनौति दिदैँ प्रवासमा रहेका युवाहरुले रकम संकलन गरी कुवा निर्माण गरेको समितिका अध्यक्ष शुक्र दयालले बताउनुभयो । उक्त कुवाको पानी खलिगाडका ३० घरपरिवारले प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button