तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातमा फसेका दम्पतीलाई उद्धार गरी आफन्तलाई बुझाइयो

भोजपुर । हिमपातमा परी फसेर श्रीमान श्रीमतिलाई उद्धार गरी आफन्तको जिम्मा लगाईएको छ ।

भोजपुरको उत्तरमा रहेको साल्पासिलिचो गाउँपालिका वडा नम्वर ६ स्थित बलौटे भञ्ज्याङबाट हिमपातमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गत २२ गते उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्वर ७ घर भएका ४९ बर्षिय प्रेम कुमार राई र निजको श्रीमती ५८ बर्षिय पदमश्वरी राई धरानबाट भोजपुरको साल्पापोखरी घुमेर फर्कने क्रममा २७ गते शुक्रवार अत्याधिक परेको हिमपातका कारण हिउँमा फसेका थिए ।

सो जानकारी पाउना साथ तत्काल प्रहरी चौकी दोभानेको प्रहरी टोली उक्त स्थानतर्फ गई उद्धार गरी निजहरुलाई प्रहरी चौकी दोभानेमा ल्याई आइतबार आफन्तको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button