तपाईँ सुन्दै हुनुहुन्छः

‘सडक महोत्सव’ सफल पार्न पोखराका पर्यटन व्यवसायी चितवनमा

चितवन । ‘सडकमै खाऔँ सडकमै रमाऔं’ भन्ने नारासहित बर्षैनी पोखरामा हुंँदै आएको पोखरामा हुने सडक महोत्सव सफल पार्न पोखराका पर्यटन व्यवसायी चितवन आएका छन् ।

डिसेम्बर २८ बाट शुरु हुने २१ औं पोखरा सडक महोत्सवका लागि यसभन्दा अघि उनीहरु इटहरी, जनकपुर हुंँदै आज चितवन आईपुगेका हुन । रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेबान) पोखराले आज सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था रेबानका पूर्ब अध्यक्ष सूर्य बहादु भूजेलले अंँग्रेजी नयांँ बर्षलाई लक्षित गर्दै यसपटक पनि सडक महोत्सवको आयोजना गरिन लागिएको बताउनुभयो । ‘नयांँबर्ष र भ्रमण बर्षलाई समेत लक्षित गरी महोत्सवको आयोजना गर्न लागेको हौ, उहांँले भन्नुभयो, यसले देशभरको टुरिज्म कनेक्टीभीटीलाई बढाउंँनेछ ।’ देशकै तेस्रो पर्यटकीय गन्तब्य सौराहा र चितवनका आन्तरिक पर्यटकलाई निम्तो बाड्न यहांँ व्यवसायीको टोली यहांँ आएको उहांँले बताउनुभयो ।

देशकै ठूलो सडक महोत्सवको रुपमा परिचित यो महोत्सव उद्देश्यले क्रिसमस, नयांँ बर्षमा आउका पर्यटकको बसाई अवधि लम्याउने र पर्यटन भ्रमण बर्षलाई सफल बनाउने लक्ष्य रहेको उहांँको भनाई छ ।

सो अवसरमा बोल्दै २१ औं सडक महोत्सवका सहसंयोजक नेरश भट्टराईले पोखराका विभिन्न आर्थिक गतिविधिलाई चलायमान बनाउन, पर्यटन प्रर्वद्धन गर्न अन्तराष्ट्र्रिय स्तरमा महोत्सवको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिदै आएको बताउनुभयो । उहांँका अनुसार महोत्सवमा विभिन्न खानाका परिकार, खेलहरु, सांस्कृतिक कार्यक्रमहरु गरिनेछ ।

आयोजकका अनुसार ५ किलोमिटर दुरी सम्म सडकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खाना, हस्तकला प्रर्दशनी, साहसिक खेलकुद तथा वृत्तचित्र प्रर्दशनी , मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरिने छ । महोत्सवमा सबै स्टल गरी दुई हजार स्टल रहने बताइएको छ ।

सौराहामा ४०० देखि ५०० को हाराहारीमा स्तरीय होटल , ३०० देखि ४०० रेष्टुरेण्ट र एकैदिन ६० देखि ७० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएको भट्टराईको भनाई छ । महोत्सव जनवरी १ सम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button