तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा टेम्पो र लोपेट टेलर ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु

धनकुटा । आज धनकुटाको छथरजोरपाटी गाउपालिका २ फलैचामा टेम्पो र लोपेटटेलर ठोकिँदा घटनास्थलमै दुई जनाको मृत्यू भएको छ भने दुईजना घाइते भएका छन् ।

मृत्युहुनेहरुमा छथरगाँउपालिका १ तेह्रथुमका वर्ष ५०का साङगो शेर्पा र धनकुटा नगरपालिका वडा नं २ का टेम्पो चालक बर्ष २५ का दशरथ तामाङ रहेका छन् ।

त्यस्तै घाइते हुनेहरुमा लालीगुराँस नगरपालिका तेह्रथुम ५ का प्रदिब बस्नेत र छथरजोरपाटी गाउपालिका वडा नं ५ धनकुटाका रविन घिमिरे रहेकाछन् भने घाइते दुइजनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरीकार्यलय धनकुटाले जनाएको छ ।

धनकुटाको हिलेबाट जोरपाटी बजारतर्फ जादैँ गरेको को २ ह ६६ ११ को टेम्पु र जेसिवी डोजर बोक्ने लोपेट टेलर धरानबाट बसन्तपुर जादँै गरेको को १ ख ६९ १२ नं को एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हिले प्रहरी चौकी इन्चार्ज कुमार ढकालले बताउनु्भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button