तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु

सल्यान । सल्यानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ६ निवासी ५३ बर्षिय तेज बहादुर पुनको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।

आफन्तको विवाहमा पुगेर घर फर्केने क्रममा भलाखर्कको जंगलको भिरबाट लडेर मृत्यु भएको आफन्तले जनाएका छन् । उनको शव २ सय मिटर तल भिरमा भेटिएको थियो । पानी परेकोले चिप्लिएर लडेको हुन सक्ने आफन्तले बताएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button