तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा दोलखाको दुई महिने बैचारीक अभियान

दोलखा । नेपाल कम्युनिष्ट पार्टी नेकपाको दोस्रो सचिवालय बैठक तथा तेस्रो जिल्ला कमिटी बैठकले पुष र माघ महिना भरी जिल्लाको नौ वटा स्थानिय तहमा बैचारीक, राजनीतिक तथा सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कार्यतालिका अनुसार आगामी पौष १८ गते भीमेश्वर नगरपालिकामा, पौष २५ गते तामाकोसी गाँउपालिकामा, पौष २६ गते मेलुङ गाँउपालिकामा, माघ ४ गते जिरी नगरपालिका र कालिञ्चोक गाँउपालिकामा, माघ ५ गते विगु गाँउपालिकामा, माघ ६ गते गौरीशङ्कर गाँउपालिकामा र माघ १० गते बैतेश्वर गाँउपालिकामा बैचारीक, राजनीतिक तथा सांगठनिक अभियान अन्र्तगत भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनु भयो । त्यसैगरी गाँउ नगर पार्टी संगठन र निर्वाचित जनप्रतिनिधि बीच अन्र्तसंवाद कार्यक्रमको आयोजना गर्ने र त्यसमा पार्टीको जिल्ला नेताहरुको समेत सहभागिता रहने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी वडा संगठन कमिटी र वडामा निर्वाचित जनप्रतिनिधि बीच अन्तरसंवाद तथा प्रशिक्षण कार्यक्रम माघ मसान्त भित्र सक्ने र त्यसको लागि नगर तथा गाँउपालिका संगठन कमिटीले कार्ययोजना तयार गर्ने निर्णय बैठकले गरेको अध्यक्ष पोखरेलले बताउनु भयो ।

बैठकले स्थानिय सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको विधान अनुसार स्थानिय तह दल र स्थानिय तह बोर्डको गठन गर्ने निर्णय समेत गरेको छ । जिल्ला कमिटी बैठकले कार्यालय तथा विभागहरु गठन गर्ने सचिवालय बैठकको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

पार्टी जिल्ला कमिटी बैठकले जिल्ला कमिटी सदस्यबाट घनश्याम सेढाईले दिनु भएको राजिनामा स्वीकृत गरी उक्त स्थानमा हरि ओलीलाई मनोनित गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बेठकले परिर्वतनकारी बिभिन्न आन्दोलन र युद्धमा सहादता प्राप्त सहितहरुको सम्मानमा माघ १६ गते राष्ट्रिय सहित दिवसको दिन जिल्ला स्तरीय सहित दिवस मनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण खड्काले बताउनु भयो ।

नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन नमबर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह इन्चार्ज हितमान शाक्य र काशिनाथ अधिकारी, प्रदेश सचिव आनन्दप्रसाद पोखरेल तथा जिल्ला इन्चार्ज देवी खड्काको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button