२०७९ साल साउन २३ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा शोक व्यक्त   

रेडियो नेपाल २०७६ मंसिर २८ गते १७:३३

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आपूmलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन, आफन्त र शुभचिन्तकमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक सन्देश जारी गर्दै उहाँको निधनबाट देशले विकासप्रेमी अभियन्ता र कुशल न्यायकर्मी गुमाएको बताउनुभएको छ । सन्देशमा सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेर काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचित प्रमुख (मेयर) बन्नुभएका स्व श्रेष्ठले न्याय क्षेत्रमा समेत ख्याति कमाउनु भएको बताउनुभएको छ । बयानब्बे वर्षीय श्रेष्ठको हिजो शुक्रबार निधन भएको थियो ।

सम्बन्धित