तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा बम विस्फोट: अनुसन्धानका लागि तीनजना पक्राउ

जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नंं ५ महेन्द्रनगरमा प्रहरी निरीक्षकसहितका तीन जनाको ज्यान जाने गरी गएराति गरिएको बम विस्फोटको घटनाको अनुसन्धानको क्रममा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेत्रविक्रम चन्द नेतृत्वको प्रदेश नंं २ का संयोजक सीतादेवी महरा, केन्द्रीय सदस्य ललिता महरा तथा रामशोभित गहता रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।उनीहरुसँग वयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसै बीच उक्त बम विस्फोटको घटनापछि जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्थाका बारेमा छलफल गर्नका लागि जिल्ला सुरक्षा समितिको बैठक जारी रहेको छ ।

गएराति राजेश कुमार शाहको घरमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम विस्फोट हुँदा घरधनीसहित तीन जनाको मृत्यु भएको थियो । घटनामा तीन जना घाइते भएका थिए ।

महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ कुचाई टोलमा पर्ने राजेश साहको घर बाहिरको ढोकामा राखिएको प्रेसर कुकर बम गएराति ११ बजेर ४५ मिनेटमा प्रहरीले हटाउँदा विस्फोट भएको थियो ।

विस्फोटबाट प्रहरी निरीक्षक वर्ष ४२ को अमिर कुमार दाहाल, घरधनी ४५ वर्षीय राजेश कुमार साह र उनका छोरा वर्ष २५ आनन्द साहको मृत्यु भएको थियो । घरधनी साहले घर अगाडीको ढोकामा शंकास्पद बस्तु रहेको जानकारी दिएका आधारमा प्रहरी घटनास्थल पुग्नासाथ बम विस्फोट प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button