शनिबार दिउँसोदेखि देशभरको मौसममा क्रमिक सुधार हुने

काठमाडौँ । शनिबार दिउँसोदेखि देशभरको मौसममा क्रमिक सुधार हुदैँ जाने जल तथा मौसम पुर्र्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसोदेखि घाम लाग्ने बादल लाग्ने क्रम भईरहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
मौसमविद् नगरकोटीका अनुसार पहाडी भूभागमा शनिबारदेखि मौसम सफा हुने तर उच्च हिमाली भेगमा आइतबारसम्म हिमपात हुन सक्नेछ तर त्यो निन्तर नरहने पर्ने, रोकिने क्रम भइरहनेछ । उहाँले तराई क्षेत्रमा भने एक /दुई दिनसम्म शितलहर र कुहिरो रहिरहने तर दिउँसो तिर घाम लाग्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्