तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको भिमादमा ढिस्कोले पुरिएर वृद्धको मृत्यु

तनहुँ । माटोको ढिस्कोले पुरिएर तनहुँमा बिहीबार एक जनाको मृत्यु भएको छ । तनहुँको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त दुर्घटनामा परी सोही वडाको चैनपुर बस्ने ५८ वर्षीय काले परियारको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

ढुङ्गाखानीमा चार जनाले काम गर्दै गरेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा अन्य तीनजना भाग्न सफल भए पनि परियारको भने ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button