तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली सिँचाइको नहरमा मृत फेला परेका पुरूषको सनाखत

कञ्चनपुर । कञ्चनपुरको वेदकोटस्थित महाकाली सिँचाइको नहरमा बिहीबार बिहान मृत फेला परेका पुरूषको सनाखत भएको छ ।

नहरको बीच भागमा डुबेको अवस्थामा देखिएको शव कञ्चनपुरको कृष्णपुरका सन्तोष पन्तको रहेको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार पन्त अध्ययनको सिलसिलामा महेन्द्रनगरमा बस्दै आएका थिए ।

आफन्तको विवाहका लागि गएका पन्तको शव वेदकोट नगरपालिका वडा नम्बर १० सिसैया भन्ने स्थानमा नहरको बीचभागमा डुबेको अवस्थामा फेला परेको हो ।

नहर किनारमा मोटरसाइकलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button