तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ– मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द गरिने

चितवन । हिउंँदयाममा समेत सुख्खा पहिरो खस्ने जोखिम रहेको भन्दै नारायणसडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ । पहिरो रोकथाम र सडक सुरक्षाको लागि दुईहप्ताको लागि बन्द उक्त सडकखण्ड बन्द गरिन लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान सुरक्षा समितिको बैठक डाकेर मंसीर २७ देखि पुष १० गतेसम्म बन्द गरिन लागेको जानकारी दिएको हो । ‘अहिलेपनि सुख्खा पहिरो खस्ने जोखिम देखिएको छ प्रमुख जिल्ला अधिकारी नाराण प्रसाद भट्टराइले भन्नुभयो, सवारी रोकेरनै काम छिटो हुने भएकोले बन्द गरेर काम गर्न लागिएको हो ।’ जस अनुसार दुई हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन संचालनमा रोक लगाउने निर्णय गरिएको छ ।

बैठकको निर्णय अनुसार नारायणगढबाट मुग्लिन तर्फ जाने यात्रुबहाक सवारी साधनलाई पन्ध्र किलोमा रोकिनेछ भने मालबहाक सवारी साधनलाई दासढुंगामा रोकिने छ। यसैगरी काठमाडौबाट मुग्लिनतर्फ आउने यात्रुबहाक सवारीलाई मुग्लिन बजार र पोखराबाट आउने सवारी साधनलाई बेनिटारमा रोकिने छ ।

काठमाडाँैबाट मुग्लिनतर्फ आउने मालबाहक सवारी साधनलाई लेवाटारमा र पोखराबाट आउने मालहाबहाक सवारी साधनलाई आंँबुखैरहनीमा रोकिने प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिनुभयो । बैठकले सो कार्यातालिका अनुसार सवारी सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।

एम्बुलेन्स ,शबवहान र सुरक्षा निकाय र अन्य अत्यावश्यक सवारीसाधनलाई सुरक्षा निकायको समन्वयमा पास गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button