तपाईँ सुन्दै हुनुहुन्छः

२० लाख घुस सहित सडक डिभीजन कार्यालयका दुई इञ्जिनियर पक्राउ

घोराही । सडक डिभीजन कार्यालय प्यूठानका प्रमुख इञ्जिनियर ध्रुबकुमार श्रेष्ठ र इञ्जिनियर निरोज महर्जन मंगलवार घुस लिने क्रममा पक्राउ परेका छन् ।
काठमाडौँको बानेश्वरमा रहेको एलिनाज बेकरी क्याफेमा २० लाख घुस रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारका प्रबक्ता प्रदिप कोइरालाका अनुशार उनीहरुले रनिङ बिल भुक्तानी गरिदिने भन्दै २० लाख रुपैया घुस लिएका हुन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button