तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार विरुद्धको दिवस,विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं। आज डिसेम्बर ९ तारिक अर्थात भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ ।
संयुक्त राष्ट्र संघले यसबर्षको भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको नारा “भ्रष्टाचार विरुद्धको सहकार्य ः शुसासनका लागि अपरिहार्य” भन्ने अघि सारेको छ ।

यसै अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले अघि सारेको भ्रष्टचार विरुद्धको शुन्य सहनशिलताको अभियानमा सहभागि भै भ्रष्टाचार न्युनिकरणमा योगदान गर्न सबैलाई आग्रह गर्नु भयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकारको माथिल्लो तहमा वा जुनसुकै पदमा बसेको व्यक्ति भए पनि भ्रष्टाचार गरेमा छूट नपाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले रजनीतिक संरक्षण हुने भनिएका कुनै पनि कामले अब संरक्षण नपाउने प्रतवद्धता जाहेर गर्नु भयो ।
उपप्रधानमन्त्री पोखरेलले मुलुकमा भ्रष्टाचार न्युनिकरण गर्न सबैले सदाचार पद्धतीको विकास र पारदर्शिताको पक्षपोषण गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो ।


कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले मुलुक संघीयतामा गएपछि स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी आयोगमा सबै भन्दा बढी रहेको बताउनु भयो ।
प्रमुख आयूक्त घिमिरेले चालू आर्थिक बर्षको अहिलेसम्मको १ सय १२ दिनमा १ सय २० मुद्धा अदालतमा दायर गरेको र गत बर्ष मुद्धा फैसलाको दर ८८ प्रतिशत भन्दा बढी रहेको जानकारी दिनु भयो ।

उहँले आगामी दिनमा अनुसन्धान प्रकृयालाई थप प्रभावकारी बनाउन आयोगले ५ बर्षे संस्थागत रणनीतक योजना निर्माण गरी अघि बढेको बताउनु भयो ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारलाई कम गर्न सदाचार पद्धतकिो पालनामा जोड दिइएको र आगमी दिनमा ५ बर्षे रणनीतिको तर्जुमा गरी अघि बढ्ने योजना बनाएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले सरकारले विभिन्न विषयमा दिने अनुदानहरुको कारण पछिल्लो समय समाजलाई भ्रष्टीकरण गर्न मद्धत गरेको बताउनु भयो ।
उहाँले दलका कार्यकर्ताहरुमा दलाली गर्ने र बिचौलियाको भूमिका खेल्ने प्रवृति बढेर गएको भन्दै दलहरुले कार्यकर्तालाई आचरण्मा स्वच्छता कायम गर्न निदेृशन दिनु आवश्यक भएको बताउनु भयो ।

आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचार न्युुनकिरणमा अझै पनि थुप्रै चुनौतीहरु रहेकोले व्यवहारमा नै सबैले सदाचार कायम गर्नु पर्नेमा जोड दिनु भयो ।
यसै सन्र्दभमा आज हामीले भ्रष्टाचार न्यूनिकरण गर्न केकस्ता प्रयास गर्नु पर्ला भनि कार्यक्रममा सहभागि केहीलाई सोधेका छौ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button