तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

काठमाडौं । निर्वाचन आयोगले रिक्त हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलसँग आगामी सोमबार छलफल गर्ने भएको छ ।

राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्न छलफल कार्यक्रम आयोजना गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घीय संसद् सचिवालयले केही दिनअघि राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई अनुरोध गरेको थियो ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

रिक्त हुने राष्ट्रियसभाका १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चुनिनुहुने र एकजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button