तपाईँ सुन्दै हुनुहुन्छः

एउटै गुफा भित्र १ लाख शालिग्राम अट्ने संङ्गालय निर्माण


बागलुङ्ग । बागलुङको कुडुले फेदी स्थित श्री रंङ्ग बैङ्कटेश्वर मन्दिर परिसरमा १ लाख शालिग्रामअट्ने गुफा निर्माण गरिएको छ ।
हिन्दु धर्मालम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्दैै आएको शालिग्राम शिला लोप हुन थालेपछि संरक्षणका लागि भु गर्भ भित्र सुरुङ्ग निर्माण गरी सङ्गालय निर्माण गर्न लागिएको हो ।

करिब ७६ मिटर लामो सुरुङ खनि सङ्गालय निर्माण गरिएको रंङ्ग बैङ्कटेश्वर मन्दिर त्रिपती बालाजी धाम कुडुले फेदीका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । संग्रालय भित्र धाममा रहेका २४ हजार शालिग्रामर मुस्ताङ्गको मुक्तिनाथ लगायतका स्थानमा सङ्कलन गरिएका ७५ हजार गरी झण्डै एक लाख शालिग्राम एकैसाथ दर्शन गर्न मिल्ने व्यवस्था गरिएको छ । धार्मिक तथा पर्र्यटकिय बिकासको लागि भन्दै सुरुआत गरिएको संग्राहलय अवलोकनका लागि अहिले प्रतिदिन ३ सय बढि आन्तरीक पर्यटकको आवागमन हुने गरेको स्वामी प्रपन्नाचार्यको भनाई छ ।

सुरुङमा तिरुपती बालाजी धाममा झण्डै ६ करोडको लागतमा नवनिर्मित बालाजी धामको मन्दिर, समाजसेवी सहदेव राजभण्डारीद्वारा १ करोड बढी लागतमा निर्मित ताम्रपत्रले छाएको सभाहल, गरुडशिला र निर्माणधीन सङ्ग्राहलयले पर्यटक आकर्षण गर्न थालेको तिरुपती बालाजीधाम मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सङ्ग्राहलयमा मुक्तिनाथदेखि दामोदर कुण्डसम्मको आकृतिलाई समेत देख्न सकिन्छ । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाम मन्दिरमा शालिग्राम सङ्ग्राहलय निर्माणका लागि त्रिशूल आकारमा सुरुङमार्ग निर्माण गरी सङ्ग्राहलय निर्माण गरिदै छ । शालिग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएपछि यहाँको मन्दिरले संरक्षणका लागि भू–गर्भ भित्र दुई वर्ष अघि मात्र सङ्ग्राहलय निर्माण थालिएको थियो ।

विशेषगरी मुक्तिनाथ जाने भारतीय पर्यटक भित्र्याउन सुरुङ मार्ग सहितको सङ्ग्राहलय निर्माण थालिएको थियो । सुरुङमार्ग निर्माण भएको स्थानमा वेद विद्या श्रम, कुटी तथा ऐतिहासिक महत्व बोकेका मन्दिरसमेत देख्न पाइने हुनाले पर्यटकको आकर्षण बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button