तपाईँ सुन्दै हुनुहुन्छः

“माटो हाम्रो भविष्य” नामक अभियानको समुदघाटन

काठमाडौ । विश्व माटो दिवसको अवसर पारेर आज काठमाडौंमा “माटो हाम्रो भविष्य” कार्यक्रमको समुदघाटन गरिएको छ । कार्यक्रमको समुदघाटन पूर्वसूचना तथा सञ्चारमन्त्री राम काकीैले गर्नुभयो ।

बढ्दै गएको अत्याधिक विषादीको प्रयोगले माटो खत्तम भईरहेको र विकासका नाममा माटोको विनास भइरहेको र यसबाट समाजमा नकारात्मक असर पार्ने साथै प्राकृतिक प्रकोप समेत निम्त्याउने खतरा रहेको कुरा विज्ञहरुले वताउनुभयो । अभियानले माटो बचाउ सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्ने,जनचेतना फैलाउने, कृषकहरुलाई अभिमुखिकरण गर्ने लगायत काम गर्ने अभियानका सल्लाहाकार सुनिल मानन्धरले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री राम कार्कीले क्यूवाको उदाहरण दिदै माटोको सरक्षणमा लागेर उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो ।

 

 

 

कार्यक्रममा पूर्व विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश शाह, पूर्वमन्त्री सुनिल मानन्धर, नेपालको पहिलो माटो बैज्ञानिक दिब्यलक्ष्मी बज्राचार्य, वातावरणविद अजय माथेमा, वनविज्ञ डा. विनोद भट्ट, पूर्वमिस नेपाल इभाना मानन्धर, कलाकार रवि गिरी लगायत वातावरण, कृषि, कानुन क्षेत्रबाट करीव ७० जनाको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button