तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै उत्पादन हुने तरकारीको माग बढ्दो

नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जमा नेपालमै उत्पादन हुने तरकारीको माग बढेको छ ।

माग बढेसँगै नेपालगञ्जमा दाङ, बर्दिया, सुर्खेत, दैलेख, रोल्पा र सल्यान लगायतका जिल्लामा उत्पादित तरकारी आउने गरेको छ ।

प्रदेश नं ५ र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट तरकारी आउन थालेपछि भारतबाट आउने तरकारीको मात्रा घटेको नेपालगञ्ज तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ ।

नेपालगञ्जमा विशेष गरी सल्यानको कपुरकोट र अन्य पहाडी जिल्लाको तरकारीले राम्रो बजार लिने गरेको अकरम थोक तरकारी पसलका व्यवस्थापक मोबिन सल्मानीले जानकारी दिनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ की सीता पौडेलले भारतको तरकारीभन्दा पहाडको तरकारी अर्गानिक हुने र विषादीको मात्रा पनि कम हुने भएकाले उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button