तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गरिने’

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्ने तर्फ सरकार लागिरहेको बताउनुभएको छ ।

कैलालीको धनगढी विमानस्थलमा बिहिवार पत्रकारहरुसँग कुरा गर्दै उद्योगमन्त्री भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने पनि बताउनुभयो ।

सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएकोमा उद्योगमन्त्री भट्टले जोड दिनु भयो ।

उद्योगमन्त्री भट्टले सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button