तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जिप दूर्घटना चालक र सहचालकको मृत्यु

पाल्पा । सिदार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडक खण्डको हेडबक्समा लु १ ज ४२०९ नम्बरको जिप दूर्घटना हुदा दुई जनाको ज्यान गएको छ ।
बुटवलबाट पाल्पातर्फ आउदै गरेको जिप सडक बाट दुई सय मीटर तल खसेको हो ।

मृत्यु हुनेमा जिपका चालक रैनादेवी छहरा ५ का २३ बर्षीय दिलीप बमरेल र सहचालक रैनादेवी छहरा ४ का २६ बर्षका कृष्ण बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रहरी प्रमुख दिपेन्द्र जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button